काठमाडौं : चालु आर्थिक वर्षमा वित्तीय तथा बीमा क्षेत्रको वृद्धि ७.२९ प्रतिशत हुने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले वित्तीय तथा बीमा क्षेत्रका बारेमा यस्तो प्रक्षेपण गरेको हो जुन गत आर्थिक वर्षको तुलनामा यो प्रक्षेपण ०.४१ प्रतिशत विन्दुले बढी हो ।
चालु आर्थिक वर्षमा म्यानुफ्याक्चरिङ, निर्माण, व्यापारलगायत क्षेत्रको वृद्धिदर ऋणात्मक र अन्य क्षेत्रको वृद्धिदर भने कमी हुने अनुमान भइरहेको छ ।
चालु आर्थिक वर्षमा बीमा शुल्क उल्लेख्य रूपमा बढेको र बैंक तथा वित्तीय संस्थामा ब्याजदर ९निक्षेप र कर्जा दुवै० पनि बढेका कारण वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदरमा सुधार देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले बताए ।
कोभिडका कारण गरिएको लकडाउनका कारण अघिल्ला दुई आर्थिक वर्षमा वित्तीय र बीमा क्षेत्रको वृद्धिदर खुम्चिएको थियो । कोभिडको जोखिम कम भएपछि मुलुकमा आर्थिक गतिविधि बढेका छन् ।
यसले बैंकिङ र बीमा क्षेत्रमा पनि सकारात्मक प्रभाव परेकाले चालु आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदरमा सुधार देखिएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको बाँकी तीन महिनाको पनि सम्भावित गतिविधिका आधारमा विभागले यस्तो प्रक्षेपण गरेको हो ।
Sponsored Advertisment
Advertisment