Below Menu

बिमा प्रिमियममा बागमती प्रदेशको हिस्सा करिब ५० प्रतिशत 

बिमा प्रिमियममा बागमती प्रदेशको हिस्सा करिब ५० प्रतिशत 

काठमाडौं : जीवन र निर्जीवन बिमातर्फको कूल बिमा प्रिमियम (बिमा शुल्क) को हिस्सा बागमती प्रदेशको करिब ५० प्रतिशत रहेको आर्थिक सर्वेक्षणले देखाएको छ।

२०७९ फागुन मसान्तसम्म संकलन भएको बिमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८ प्रतिशतले वृद्धि भई १ खर्ब १९ अर्ब ६० करोड रुपैयाँ पुगेको सर्वेक्षणले देखाएको छ।

बिमकको कूल ३ हजार २ सय १५ शाखामध्ये २०७९ फागुनसम्म बागमती प्रदेशमा सबभन्दा बढी ८ सय ८४ र कर्णाली प्रदेशमा सबैभन्दा कम १ सय ८३ रहेको देखाएको छ।

थप समाचार