Below Menu
Below Menu

पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न संगठनकाे माग

पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गर्न संगठनकाे माग

काठमाडाैँ : सेयर लगानीकर्ताहरूकाे तीन संगठनले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बजेटप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेल र शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेलले संयुक्त प्रेस  विज्ञप्ति सार्वजनिक गर्दै बजेटप्रति ध्यानाकर्षण जनाएका हुन् ।

लगानीकर्ताहरूले पूँजीगत लाभकरलाई अन्तिम कर नै कायम गरिदिन माग गरेका छन् । साथै, माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

संयुक्त प्रेश विज्ञप्ति

जेठ १५ ( आ.व. २०८०/८१) नेपाल सरकारबाट प्रस्तुत बजेट प्रति हामी लगानीकर्ताका संघ संगठनहरूको गम्भीर ध्यानाकर्षण भएको छ । अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागको पत्र संख्या २०७६/७७, च.नं. १४४ मिति २०७७/०३/०५ गते नेपाल धितोपत्र बोर्डलाई पठाएको पत्र बमोजिम धितोपत्रको कारोबारमा हुने पुँजीगत लाभमा अग्रीम कर असुलीको विवरण तथा विद्युतीय कर प्रणाली (E-TDS) मार्फत दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्ति (Individual) ले आफुलाई पाएक पर्ने आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयबाट करचुक्ता प्रमाणपत्र लिन सक्ने निर्देशन विपरित हालको बजेटमा "बुँदा नं. २९ धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्थाः प्राकृतिक व्यक्तिले नियमित व्यवसायको रूपमा धितोपत्र, जग्गा तथा घरजग्गा कारोबारको आय विवरण तथा कर दाखिल गर्ने बाँकी रहेको भए आ.व. २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५०% रकम सम्वत २०८० साल चैत्र मसान्त भित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ । यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सो भन्दा अघिल्ला आवहरूको कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ" बमोजिम आ.व. २०७६/७७ देखि २०७८/७९ सम्मको कारोबार घोषणा गरी कर भुक्तानी गर्ने भनिएको बुँदा कर विभागको मिति २०७७/०३/०५ को पत्र विपरित रहेको र आजका मितिसम्म फर्म वा कम्पनी बाहेक व्यक्ति मार्फत गरिएको कारोबार व्यवसायको रूपमा नरहेको र सो अनुसार कर विवरण बुझाउनु पर्ने शीर्षकमा नरहेको देखिएको हुनाले व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५% र ७५% श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई अन्तिम कर नै कायम गरिदिनु हुन जोडदार माग गर्दछौ। अन्यथा शेयरबजारमा लगानी गर्ने लाखौं लगानीकर्ताहरू आन्दोलनमा उत्रन बाध्य हुनेछौं ।

साथै माननीय अर्थमन्त्रीज्यूसँग यस विषयमा हिजो र आज भईरहेको छलफल र उहाँबाट सकारात्मक आश्वासन प्राप्त भएकोले सम्पूर्ण लगानीकर्ताहरू यस विषम परिस्थितिमा धैर्यता र सुझबुझका साथ हतोत्साहित नभई लगानी गर्नुहुन विशेष अनुरोध गर्दछौ ।

Advertisment

थप समाचार