Below Menu
Below Menu

सेयर बजारमा १६ अंकको सुधार

सेयर बजारमा १६ अंकको सुधार

काठमाडौं : सेयर बजारमा बिहीबर सुधार देखिएको छ । केही दिनदेखि लगातार ओरालो लागेको शेयर बजार बिहीबार १६ अंकभन्दा बढीकाे सुधार देखिएकाे हाे ।
बिहीबार सेयर बजार परिसूचक ० दशमलव ८९ प्रतिशतले बढेको हो । समग्रमा बुधबार १६ दशमलव ५४ अंकले बढेको छ । यो सँगै बजार परिसूचक १८६६ दशमलव ६४ विन्दुमा पुगेको छ ।

बिहीबार २७२ कम्पनीका ६१ लाख २८ हजार ६२१ कित्ता शेयर खरिद बिक्रीहुँदा १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १९ प्रतिशतले बढेको छ । २ दशमलव १९ प्रतिशतले बढेको सेन्सेटिभ इन्डेक्स ३५५ दशमलव ६२ विन्दुमा पुगेको छ ।

Advertisment

थप समाचार