Below Menu
Below Menu

देशभरका सहकारी पिडित संगठित, १० लाख सदस्यको १ खर्ब जोखिममा

देशभरका सहकारी पिडित संगठित, १० लाख सदस्यको १ खर्ब जोखिममा

काठमाडौं : देशभरका सहकारी पिडितहरु संगठित भएका छन् । सहकारी संस्थाबाट बचतफिर्ता नपाएका सदस्यहरु संगठित भएर सहकारी पिडित बचतकर्ता महासंघ संघर्ष समिति (नेपाल) गठन गरेका छन् ।

संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गरी बचत फिर्ताको लागि नेपाल सरकारको ध्यार्कषण गराएका छन् । देशभरका सहकारी पिडितहरु एकजुट भएर सडक संर्घषको कार्यक्रम गर्ने समेत जनाएको छ । सहकारी संस्थाबाट देशभर करिब १० लाख सहकारी पिडित भएको र उनीहरुको १ खर्ब रकम जोखिममा परेको समितिले दाबी गरेको छ ।

सहकारी पिडितलाई समितिमा आवद्ध भएर संर्घषको कार्यक्रममा सहभागि अध्यक्ष सुनिता राजभण्डरीले आव्हान गरेकी छिन् । 

Advertisment

थप समाचार