Below Menu
Below Menu

लगानीकर्ताले लगाए सबै ब्रोकर कार्यालयमा ताला

लगानीकर्ताले लगाए सबै ब्रोकर कार्यालयमा ताला

काठमाडौं : विगत चार दिनदेखि आन्दोलनरत सेयर लगानीकर्ताहरुले सबै ब्रोकर कार्यालयमा ताला लगाएका छन्। आगामी आर्थिक वर्षको आर्थिक विधेयक संसोधन नभएसम्म शेयर कारोबार खुल्ला हुन नदिने चेतावनी दिँदै तालाबन्दी गरेका हुन्।

हाल तिर्दै आएको पूँजीगत लाभकर अन्तिम कर हो वा होइन भन्नेमा लगानीकर्तामा दुविधा उत्पन्न भएको छ। विद्यमान पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने शेयर बजारका लगानीकर्ताहरुको माग छ।

सेयर लगानीकर्ताहरु बिहानै अर्थमन्त्री डा. प्रकाश शरण महतको घर घेराउ गर्न गएका थिए। अर्थमन्त्रीको घरमा प्रहरीले रोके लगाएको थियो । त्यसपछि लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा तालाबन्दी गरेको हुन्।

Advertisment

थप समाचार