Below Menu
Below Menu

बैंकहरुमा देखियो अधिक तरलता, बजारबाट १० अर्ब तान्दै राष्ट्र बैंक

बैंकहरुमा देखियो अधिक तरलता,  बजारबाट १० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलता भएको भन्दै नेपाल राष्ट्र बैंकले बजारबाट तरलता प्रशोचन गर्ने भएको छ। 

केन्द्रिय बैंकले बिहीबार रिभर्स रिपो जारी गरी १० अर्ब रुपैयाँ बजारबाट तान्न लागेको हो। बैंकहरुमा निक्षेप संकलन बढिरहेको भएपनि कर्जा लगानी भने बढ्न सकेको छैन। कर्जा प्रवाह नहुँदा बैंकहरुमा लगानी योग्य रकम थुप्रिन पुगेको छ । 

त्यसले गर्दा अन्तरबैंक सापटीको ब्याजदर समेत ४ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले नीतिगत दरलाई ७ प्रतिशतमा राखेको भए पनि अन्तरबैंक ब्याजदर न्यून भएको हो । नेपाल राष्ट्र बैंकले अन्तरबैंक र दर नीतिगत दरभन्दा २ प्रतिशत तल झरेमा बजारबाट तरलता प्रशोचन गर्ने जनाएको छ। केन्द्रिय बैंकले ७ दिनकोलागि उक्त रकम बैंकिङ्ग प्रणलीबाट तान्न लागेको जनाएको छ ।

Advertisment

थप समाचार