काठमाडौं : बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) विस्तारै बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब माग गर्दा बैंकहरुले २६ अर्ब ३३ करोड रुपैयाँको आवेदन प्रस्ताव गरेका छन्। यसको अर्थ बैंकिङ प्रणालीमा प्रयाप्त तरलता रहेको पुष्टी गर्दछ ।
राष्ट्र बैंकले रिभर्स रिपोमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुले उक्त रकमको आवेदन दिएका हुन् । राष्ट्र बैंकले असार १४ गतेसम्मका लागि बोलकबोलमार्फत १० अर्ब खिचेको हो । बोलकबोलमार्फत १० अर्ब रुपैयाँ खिच्दा न्यूनतम २.७३९९ देखि अधिकतम ३.२४०० प्रतिशतसम्म ब्याजदर कायम भएको छ ।
यसअघि सोही अवधिकै रिभर्स रिपो जारी गर्दा ४.२४ प्रतिशतदेखि अधिकतम ४.४६ प्रतिशतसम्म कायम भएको थियो ।
Advertisment