Below Menu
Below Menu

असार २४ देखि एकीकृत कारोबार गर्दै साना किसान र आरएमडीसी

असार २४ देखि एकीकृत कारोबार गर्दै साना किसान र आरएमडीसी

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाले असार २४ देखि एकीकृत कारोबार गर्ने भएका छन् ।

यी दुई कम्पनी मर्ज भएसँगै साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ।  यी दुई संस्थाले भदौ ३१ गते मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल राष्ट्र बैंकले जेठ २४ गते र नेपाल धितोपत्र बोर्डबाट असार ४ गते दुवै कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति प्राप्त गरिसकेका छन् । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त एक बराबर शून्य दशमलव ८७ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । 

मर्जर प्रयोजनका लागि दुई दिन अर्थात् असार २२ देखि २४ गते बिहान ९ बजेसम्म दुबै कम्पनीको सम्पूर्ण वित्तीय कारोबार बन्द रहने कम्पनीले जानकारी गराएका छन् । हाल आरएमडीसी लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड ३७ लाख ४३ हजार छ भने साना किसान लघुवित्तको १ अर्ब ९७ करोड ११ लाख ६१ हजार रहेको छ ।

Advertisment

थप समाचार