Below Menu
Below Menu

कामना सेवा विकास बैंकको ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा 

कामना सेवा विकास बैंकको ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा 

काठमाडौं : कामना सेवा विकास बैंकले ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५७ हजार २५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

बैंकको उक्त शेयर खरिदका इच्छुक संस्थापक शेयरनीहरुले लागि सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजपत्र संलग्न गरी बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयरसंख्या र मूल्य खुलाई आवेदन दिन सक्नेछन् । 

सूचना प्रकाशित भएको ३५ दिन शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम बाह्य खरिदकर्तालाई संस्थापक शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ । 
 

Advertisment

थप समाचार