काठमाडौं : गत आर्थिक वर्षमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत विवरण अनुसार अघिल्लो आवको तुलनामा संस्थाको खुद नाफा २३.३९ प्रतिशतले घटेको हो ।
उक्त वित्तीय विवरण अनुसार समिक्षा अवधिमा कम्पनीले १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी अघिल्लो आवमा संस्थाको नाफा २५ करोड ७० लाख रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी बढेपनि ख्द फि तथा कमिशन आम्दानी घटेका कारण नाफामा असर परेको हो । गत असार मसान्तसम्म कम्पनीको ख्द क्याज आम्दानी १.८७ प्रतिशतले बढेर ४३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीको खुद ब्याज आम्दानी ४२ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।
सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद फि तथा कमिशन आम्दानी ४०.८२ प्रतिशतले घटेर ४ करोड १२ लाखमा पुगेको छ भने कुल सञ्चालन आम्दानी ४.१४ प्रतिशतले घटेको छ ।
गत असार मसान्तसम्म लघुवित्तको इम्पेरिमेन्ट चार्ज १६९.५३ प्रतिशतले बढेर ११ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २३.४२ प्रतिशतले घटेको छ । त्यस्तै, अघिल्लो आवमा शुन्य रहेको संस्थाको खराब कर्जा बढेर ०.६६ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा १९.११ प्रतिशतले घटेर १७ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
Advertisment