काठमाडौं : आइएमई पेले साउन महिनामा नारीहरुलाई लक्षित गदै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ । सो अफर साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्ने छ।
उक्त अफरमा जित्ने प्रत्येक विजेतालाई प्रिटी क्लिक को ५ हजारको भौचर प्रदान गरिने छ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरी कम्तीमा एक पटक आइएमई पे मार्फत क्यु आर स्क्क्यान गरी भुक्तानी गर्नुपर्ने छ ।
अफर अन्तराल भरी प्रत्येक ५ दिन पश्चात् गोला प्रथा मार्फत २ जना विजेता छनौंट गरिने छ । विजेताहरुको नाम सामाजिक सञ्जाल मार्फत घोषित गरिने छ । सेवाग्राहीले जुनसुकै क्यु आर माफृत भुक्तानी गर्न सक्नेछन् ।
विजेतािरूले प्रिटी क्लिकमा गएर सो भौचरको प्रयोग गर्न सक्नेछन् । यो अफर आइएमई पेको महिला सेवाग्राहीहरूका लागी मात्र मान्य रहेको छ ।
Advertisment