काठमाडौं : नेपाल आयल निगमले एलपी ग्यासको मूल्य घटाएको छ । आज राति (साउन १६ गते) बाट लागू हुनेगरी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घटाएको हाे । अब खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ ।
त्यस्तै निगमले पेट्रोल र डिजेलको मूल्य भने बढाएको छ । निगमले स्वचालित प्रणालीअनुसार मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढाएकाे हाे ।
अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।

Advertisment