Below Menu
Below Menu

खुद ब्याज आम्दानी बढेसँगै कर्णाली डेभलपमेन्ट बैंकको नाफामा वृद्धि 

खुद ब्याज आम्दानी बढेसँगै कर्णाली डेभलपमेन्ट बैंकको नाफामा वृद्धि 

काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकले गत असार मसान्तसम्म एक अर्ब रुपैयाँ बढी नाफा कमाएको छ । बैकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवमा ३ करोड ७९ लाख रुपैयाँ घाटामा रहेको बैंकको नाफा गत आवमा बढेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी बढेका कारण नाफा बढ्न पुगेको हो ।

अघिल्लो आवको सोही अवधिमा ९ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवमा १६ करोड ४८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा यस्तो आम्दानी ८२.४५ प्रतिशतले बढेको छ । त्यस्तै कुल सञ्चालन आम्दानी ६७.८६ प्रतिशतले बढेको छ ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको सञ्चालन नाफामा पनि वृद्धि भएको छ । इम्पेरिमेन्ट चार्ज घटेर एक करोड ३८ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४४ रुपैयाँ ४ पैसा रहेको छ । अघिल्लो आवमा ३.४ प्रतिशत रहेको खराब कर्जा बढेर ३.९२  प्रतिशत पुगेको छ । 
 

Advertisment

थप समाचार