काठमाडौं : गत असार मसान्तसम्म गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३१.०७ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।
उक्त सार्वजनिक वित्तीय विवरण अनुसार अघिल्लो आवको सोही अवधिमा ४१ लाख रुपैयाँ खुद नाफा कमाएको संस्थाले गत असार मसान्तसम्म लघुवित्तले २८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेका कारण खुद नाफामा असर परेको हो ।
अघिल्लो आवमा ६ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको यस्तो आम्दानी १७.१४ प्रतितशले घटेर ५ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कुल सञ्चालन आम्दानी ७.१० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ३२.८३ प्रतिशतले घटेको छ ।
यस अवधिमा कम्पनीको अन्य सञ्चालन आम्दानी भने ६७. ५४ प्रतिशतले बढेको छ । त्यसैगरी, अघिल्लो आवको सोही अवधिमा ४.९४ प्रतिशत रहेको संस्थाको निष्क्रिय कर्जा घटेर ४.६३ प्रतिशतमा झरेको छ ।
त्यस्तै, नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । यत असार मसान्तसम्म लघुवित्तको यस्तो आम्दानी ५ रुपैयाँ ४४ पैसाबाट घटेर २ रुपैयाँ ८१ पैसामा सीमित भएको छ ।
Advertisment