Below Menu
Below Menu

नेपाल एसबिआई बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि बिक्री 

नेपाल एसबिआई बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र आजदेखि बिक्री 

काठमाडौं : नेपाल एसबिआई  बैंकले आजदेखि विकास ऋणपत्र बिक्री खुला गरेकाे छ । बैंकले १० वर्ष अवधिका लागि ९ प्रतिशत ब्याजदरको ‘९ प्रतिशत एसबीआई बैंक ऋणपत्र २०८९’ सार्वजनिक निष्कासनमा ल्याएको हो ।

बैंकले प्रतिऋणपत्र एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको । जसमध्ये विभिन्न संघ संस्थाका लासिग ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता र सर्वसाधारणका लागि ४० प्रतिशत अर्थात ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता छुट्याएको छ । 

त्यस्तै सामसहिक लागनी कोष्का लागि बैंकले ५ प्रतिशत अर्थात ४० हजार कित्ता छुट्याएको छ । उध्m ऋणपत्रमा न्युनतम २५ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ८ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ । 

बैंकले जारी गरेको ऋणपत्रमा साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने छ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि आस्वा र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । 

Advertisment

थप समाचार