Below Menu
Below Menu

सानिमा बैंकको नाफा २५.१३ प्रतिशतले बढ्यो, लाभांश दिने क्षमता कति?

सानिमा बैंकको नाफा २५.१३ प्रतिशतले बढ्यो, लाभांश दिने क्षमता कति?

काठमाडौं : सानिमा बैंकले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। शुक्रबार प्रकाशित गरेको विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ। 

यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१३ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशत बढेको छ । त्यस्तै खुद फि तथा कमिशन आम्दानी भने ८.११ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी समिक्षा अवधिमा २६.७७ प्रतिशत र सञ्चालन मुनाफा २७.९६ प्रतिशत बढेको छ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ४६ करोड १ लाख, जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख पुगेको छ । बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ११.५१ प्रतिशत र कर्जा लगानी ६.५० प्रतिशतले बढेको छ।

बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत रहेको छ।

Advertisment

थप समाचार