Below Menu
Below Menu

हिमालयन ब्रोक्रेज र इसेवाबीच सम्झौता, शेयर कारोबारमा लगानीकर्तालाई सहज 

हिमालयन ब्रोक्रेज र इसेवाबीच सम्झौता, शेयर कारोबारमा लगानीकर्तालाई सहज 

काठमाडौं : हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) र भुक्तानी सेवाप्रदायक कम्पनी इसेवाबीच सम्झौता भएको हो । लगानीकर्ताहरुले हिमालयन ब्रोक्रेजबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्टका लागि उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतामा हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) का अध्यक्ष एवं धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकाल र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतासँगै लगानीकर्तालाई भुक्तानी सेवा प्रदायक संस्था इसेवाको प्लेटफर्ममार्फत सेयर खरिदबिक्रीको सेटलेमेन्ट गर्न थप सहज हुने हिमालयनका अध्यक्ष सागर ढकालले बताए ।

‘हाम्रो उद्देश्य लगानीकर्तालाई सरल र सहज रुपमा सेवा प्रदान गर्ने हो’, ढकालले भने, ‘सोही अनुरुप इसेवाजस्तो भुक्तानी सेवा सम्बन्धी ठूलो प्लेटफर्मसँग हिमालयन ब्रोक्रेजले सेटलेन्ट सेवाका लागि सम्झौता गरेको हो ।’ यस सम्झौतासँगै लगानीकर्ताले हिमालयन ब्रोक्रेजमार्फत खरिद बिक्री गरेको सेयरको सेटलेमन्ट इसेवाको प्लेटफर्ममार्फत गर्न सक्नेछन् ।

लगानीकर्तालाई सहज रुपमा सेवा दिनकै लागि  हिमालयन ब्रोक्रेजले डिम्याट खाता र मेरो सेयर खोल्दा आजीवन नविकरण शुल्क नलाग्ने सुविधा ल्याएको थियो । अहिले मेरो सेयरको वार्षिक नविकरण शुल्क १ सय ५० रुपैयाँ छ । तर हिमालयनले नेपालमै पहिलो पटक ९९९ रुपैयाँमा तिरेर डिम्याट खाता खोलेपछि आजीवन नविकरण शुल्क नलाग्ने अफर ल्याएको थियो ।
 

Advertisment

थप समाचार