काठमाडौं : प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ४८.५४ प्रतिशतले बढी हो । जबकी अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ९० करोड २० लाख रुपैयाँँ नाफा कमाएको थियो ।
विवरण अनुसार गत असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको नाफा बढेको हो । अघिल्लो आवको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ७८.६२ प्रतिशतले बढेर १० अर्ब २५ करोड ७१ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै खुद फि तथा कमिसन आम्दानी १९.०१ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ६३.२७ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंकको सञ्चालन नाफा ४७.५२ प्रतिशतले बढेर ४ अर्ब २० करोड ७७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १.८६ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.१६ प्रतिशत पुगेको छ ।
समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ भने बैंकको वितरणयोग्य नाफा १६ करोड १६ लाख रुपैयाँ रहेको छ ।
Advertisment