Below Menu
Below Menu

नेपाल बैंकको वितरणयोग्य मुनाफा ७१.५६ प्रतिशतले घट्यो, खुद नाफामा भने वृद्धि

नेपाल बैंकको वितरणयोग्य मुनाफा ७१.५६ प्रतिशतले घट्यो, खुद नाफामा भने वृद्धि

काठमाडौं : नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा १६.१७ प्रतिशतले बढी हो । जबकी अघिल्लो आवको सोही अवधिमा बैंकले दुई अर्ब ९२ करोड ३२ लाख रुपैयाँँ नाफा कमाएको थियो ।

विवरण अनुसार गत असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै बैंकको नाफा बढेको हो । अघिल्लो आवको सोही अवधिमा ६ करोड ७१ लख रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी गत असार मसान्तसम्म आइपुग्दा ४०.६१ प्रतिशतले बढेर ९ अर्ब ४४ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै खुद फि तथा कमिसन आम्दानी ३.८३ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ३३.१६ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंकको सञ्चालन नाफा २१.१९ प्रतिशतले बढेर ४ अर्ब ४० करोड ८२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १.८३ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर २.८५ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७२ पैसा रहेको छ भने बैंकको वितरणयोग्य नाफा ७१.५६ प्रतिशतले घटेर ९७ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार