काठमाडौं : कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ४५.९८ प्रतिशतले बढी हो । जबकी अघिल्लो आवको सोही अवधिमा बैंकले एक अर्ब ८९ करोड ९८ लाख रुपैयाँँ नाफा कमाएको थियो ।
वित्तीय विवरण अनुसार गत असार मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी घटेपनि इम्पेरिमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढेको हो । यस अवधिमा बैंकको इम्पेरिमेन्टद चार्ज ९१ करोड ९१ लाखमा झरेको छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशतले घटेर ८ करोड ८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै खुद फि तथा कमिसन आम्दानी १३.२८ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी ७.४४ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंकको सञ्चालन नाफा २६.०७ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा २.०९ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर २.४८ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३४ पैसा रहेको छ भने बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ लख रुपैयाँ रहेको छ ।
Advertisment