Below Menu
Below Menu

७६‍‍‍.८६ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश दिने क्षमता कति?

७६‍‍‍.८६ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश दिने क्षमता कति?

काठमाडौं : नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म ७ अर्ब ५२ करोड ७१ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा ७६‍‍‍.८६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बै‌कले ४ अर्ब २५ करोड ६० लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ९१ करोड ८८ लाख ७१ हजार रुपैयाँबाट बढेर १७ अर्ब ९८ करोड ३२ लाख ११ हजार रुपैयाँ पुगेको छ । बैंकको संचालन नाफा ७५.३७ प्रतिशतले बढेर ११ अर्ब १ करोड ६० लाख १० हजार रुपैयाँ पुगेको बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा उल्लेख छ।

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ९६ करोड १० लाख ९९ हजार रुपैयाँ रहेको छ । बैंकले सेयरधनीलाई लाभांश दिने क्षमता १४.६३ प्रतिशत रहेको छ । २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३१ अर्ब ३ करोड १८ लाख रुपैयाँ रहेको छ।

३ खर्ब ९६ अर्ब ८४ करोड ३४ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब ३२ अर्ब ६९ करोड ८८ लाख ५४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा १‍.२३ प्रतिशत पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ८२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ६८ पैसा रहेको छ।

Advertisment

थप समाचार