Below Menu
Below Menu

ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब २५ करोड, अन्य सूचक कस्तो छ?

ग्लोबल आइएमई बैंकको नाफा ७ अर्ब २५ करोड, अन्य सूचक कस्तो छ?

काठमाडौं : ग्लोबल आइएमई बैंक  लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.२६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा ६६.३७ प्रतिशतले बढेर १७ अर्ब ११ करोड ८२ लाख ७५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन नाफा ५२.४९ प्रतिशतले बढेर १० अर्ब ३६ करोड ८८ लाख ९३ हजार रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।

बैंकको वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ६९ लाख ५६ हजार रुपैयाँ र लाभांश दिने क्षमता बैंकको ८.२६ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार, जगेडा कोष २२ अर्ब ९१ करोड १६ लाख ९७ हजार,  निक्षेप संकलन ४ खर्ब २६ अर्ब ३२ करोड ५४ लाख ४६ हजार र कर्जा लगानी ३ खर्ब ५६ अर्ब ३९ करोड ४७ लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.२८ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको छ।

प्रतिसेयर आम्दानी ३० रुपैयाँ २८ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ५ पैसा रहेको छ।

Advertisment

थप समाचार