Below Menu
Below Menu

एनआईसी एसिया बैंकको नाफा ४ अर्ब ६५ करोड

एनआईसी एसिया बैंकको नाफा ४ अर्ब ६५ करोड

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १०.३५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको मुनाफा ४ अर्ब २१ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.६० प्रतिशतले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ९.६० प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ९६ करोड ५२ लाख रुपैयाँ संचालन नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा उत्त, नाफा १४.४५ प्रतिशतले बढेर ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा रिजर्भ कोष रिजर्भ कोष ४६.०४ प्रतिशतले बढेर १४ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ, चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ, वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ, खराब कर्जा ०.८ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी ३.७७ रुपैयाँले बढेर ४०.२२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २५६.४१ रुपैयाँ रहेको छ ।

Advertisment

थप समाचार