लाभांश क्षमता कति ?
काठमाडौं : मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९र८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले १ अर्ब ३६ करोड ३८ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको भन्दा १.६४ प्रतिशत बढी हो । बैंकले अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब ३४ करोड १८ लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.१४ प्रतिशतले बढेर ४ अर्ब २९ करोड ६६ लाख २२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा खुद ब्याज आम्दानी ३ अर्ब ३२ करोड ९७ लाख ७९ हजार रुपैयाँ थियो ।
बैंकको सञ्चालन नाफा १.८३ प्रतिशतले बढेर १ अर्ब ९६ करोड ६४ लाख ५३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको उक्त नाफा १ अर्ब ९३ करोड १० लाख ९१ हजार रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ, वितरण योग्य नाफा ६४ करोड ४० लाख रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
Advertisment