काठमाडौं : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार र्बैंकले यस अवधिमा तीन अर्ब ५२ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको तुलनामा ५६.२७ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब २५ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
उक्त वित्तीय विवरण अनुसार गत असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानीसँगै, सञ्चालन नाफा र अन्य सूचकमा पनि वृद्धि भएका कारण बैंकको नाफा बढेको हो ।्
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.२१ प्रतिशतले बढेर ५ अर्ब ९५ करोड ५२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल सञ्चालन नाफा ४८.२७ प्रतिशत र सञ्चालन नाफा छ५.७९ प्रतिशतले बढेको छ ।
गत असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३९ पैसा रहेको छ । अघिल्लो आवमा ०.५९ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर १.१७ प्रतिशत पुगेको छ । बैंकको वितरण योग्य नाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ ।
Advertisment