Below Menu
Below Menu

हिमालयन बैंकले कमायो ३ अर्ब २६ करोड नाफा, प्रतिशेयर आम्दानी भने घट्यो  

हिमालयन बैंकले कमायो ३ अर्ब २६ करोड नाफा, प्रतिशेयर आम्दानी भने घट्यो  

काठमाडौं : हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार र्बैंकले यस अवधिमा ७ तीन २६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ ।

उक्त नाफा अघिल्लो आवको तुलनामा ३७.९६ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो । उक्त वित्तीय विवरण अनुसार गत असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफा बढेका कारण नाफा बढ्न पुगेको हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशतले बढेर ९ अर्ब ९३ करोड ३४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल सञ्चालन नाफा ७५.६८ प्रतिशत र सञ्चालन नाफा ३७.९६ प्रतिशतले बढेको छ ।

गत असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी घटेर १५ रुपैयाँ ०८ पैसामा झरेको छ । अघिल्लो आवमा १.५९ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.५७ प्रतिशत पुगेको छ ।

Advertisment

थप समाचार