काठमाडौं : एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार र्बैंकले यस अवधिमा तीन अर्ब ४१ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको तुलनामा ३.६३ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले तीन अर्ब २९ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।
उक्त वित्तीय विवरण अनुसार गत असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफा बढेका कारण बैंकको नाफा बढेको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.६० प्रतिशतले बढेर ८ अर्ब अर्ब ३४ करोड २४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल सञ्चालन नाफा २१.०१ प्रतिशत र सञ्चालन नाफा ६.११ प्रतिशतले बढेको छ ।
गत असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५७ पैसा रहेको छ । अघिल्लो आवमा १.४५ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर २.७२ प्रतिशत पुगेको छ । बैंकको वितरण योग्य नाफा घटेर एक अर्ब ५० १८ लाख रुपैयाँमा झरेको छ ।
Advertisment