काठमाडौं : कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार र्बैंकले यस अवधिमा एक अर्ब ९५ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ ।
उक्त नाफा अघिल्लो आवको तुलनामा २४.१४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
उक्त वित्तीय विवरण अनुसार गत असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा र अन्य सुचक घटेका कारण नाफा घटेको हो । यससँगै बैंकको इम्पेरिमेन्ट चार्ज बढेका कारण पनि नाफामा असर गरेको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ७७.११ प्रतिशतले बढेर ११अर्ब एक करोड ११ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कुल सञ्चालन नाफा ६४.०६ प्रतिशतले बढेको छ भने र सञ्चालन नाफा १५.२४ प्रतिशतले घटेको छ । त्यस्तै इम्पेरिमेन्ट चार्ज बढेर ५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ १२ पैसा रहेको छ । अघिल्लो आवमा १.११ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.७७ प्रतिशत पुगेको छ । बैंकको वितरण योग्य नाफा घटेर ८४ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
Advertisment