काठमाडौं : एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले ३ अर्ब ३९ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
बैंकले आर्जन गरेको यो नाफा आर्थिक बर्ष २०७८/७९ को असार मसान्तको तुलनामा ३७.२४ प्रतिशत बढी हो । २०७९ असार मसान्तसम्ममा बैंकले जम्मा २ अर्ब ४७ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।
बैंकको वितरण योग्य नाफा ४ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । बैंककाे चुक्ता पुँजी १० अर्ब ६९ करोड रुपैयाँ र जगेडा कोषमा १० अर्ब २२ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रति सेयर आम्दानी ३१.७२ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधीमा २६.३० रुपैयाँ मात्रै थियो । त्यस्तै बैंकको प्रति सेयर नेटवर्थ २३८.३३ रुपैयाँ रहेको छ । एभरेष्ट बैंकको खराब कर्जा ०.७९ प्रतिशत छ ।
Advertisment