काठमाडौं : लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.४५ प्रतिशत बढी हो। अघिल्लो आवमा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.५० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ३५.६५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५८.८९ प्रतिशत बढेको विवरणमा उल्लख छ । बैंकको इम्पेरमेन्ट चार्ज ९१ करोड ५६ लाख रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड २ लाख, जगेडा कोष १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ। बैंकले लाभांश वितरण क्षमता ८.९४ प्रतिशत राख्दछ । बैंकको नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६६ पैसा घटेर १० रुपैयाँ ४४ पैसामा झरेको छ।
असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा रहेको छ।
Advertisment