काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २६ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको म्ुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
बैंकले ५ अर्ब रुपैयाँ बराबरको २८ दिने, १२ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, ७ अर्ब रुपैयाँ बराबरको र २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी भदौ १९ गते, ९१ दिन अवधिको ट्रेजरी कात्तिक २१ गते, १८२ दिन अवधिको ट्रेजरी माघ २३ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ साउन २२ गते परिपक्क हुने छ ।
राष्ट्र बैकले २४ अर्ब १० रुपैयाँ बराबरको ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने, ३६४ दिन दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ भने मंगलबार वितरण हुने छ ।
Advertisment