Below Menu
Below Menu

नेप्सेमा उच्च अंकको गिरावट, सानिमा बैंकको सर्वाधिक कारोबार 

नेप्सेमा उच्च अंकको गिरावट, सानिमा बैंकको सर्वाधिक कारोबार 

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ३८.३७ अंकले बढेर २०५१.४७ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३ अंकले बढेर २०८९.९४ बिन्दुमा पुगेको थियो । 

आज कारोबारमा आएका १८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार आएको छ । आज बजारमा दुई अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्से एक अर्ब ७८ करोड १ढ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज सानिमा बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १२ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा आईएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडिया रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज प्रोग्रेशिभ फाइनान्स कम्पनीको शेयरमूल्य ९ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार