Below Menu
Below Menu

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि खुम्चियो 

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि खुम्चियो 

काठमाडौं :साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ३.२१ अंकले बढेर २०४८.२६ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ३८.३७ अंकले घटेर २०५१.४७ बिन्दुमा पुगेको थियो ।

आज कारोबारमा आएका ११६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०० कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार आएको छ । आज बजारमा दुई अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्से दुई अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ४३ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा नेपाल रिपब्लिक मिडिया रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार