Below Menu
Below Menu

नेप्सेमा थपियो सिटिजन्स क्यापिटलको ७ करोडबढी इकाई 

नेप्सेमा थपियो सिटिजन्स क्यापिटलको ७ करोडबढी इकाई 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ७ करोड बढी इकाई सूचीकृत भएको छ । म‌गलबार नेप्सेले सिटिजन्स क्यापिटल लिमिटेडको सामुहिक लगानी कोष योजना अन्तर्गतको ‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको उक्त फण्डको प्रति इकाई १० रुपैयाँ कायम रहेको ७ करोड ५० लाख ७२ हजार ३९० ईकाई सूचीकृत भएको हो । साधारणको लागि कम्पनीले १० करोड इकाई शेयर बिक्री खुला गरेको थियो ।

जसमध्ये धितोपत्र सूचीकरण विनियमावली अनुसार उक्त इकाई सूचीकरण गरेको नेप्सेले जनाएको छ । दोस्रो बजार कारोबारका लागि नेप्सेले कम्पनीको उक्त फण्डलाई (सि३०एमपी) कारोबार संकेत प्रदान गरेको छ । उक्त इकाई बुधबारदेखि कारोबार गर्न सकिनेछ ।

Advertisment

थप समाचार