काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २८.४० अंकले घटेर २०१९.८५ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३.२१ अंकले बढेर २०४८.२६ पुगेको थियो ।
आज कारोबारमा आएका २२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार घटसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज बजारमा एक अर्ब ७३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्से दुई अर्ब ३३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा स्वरोजगार लघुविकास बैंक र नेपाल रिपब्लिक मिडिया रहेका छन् । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज ग्लोबल आईएमई बैंक डिबेञ्चरको शेयरमूल्य ९ प्रतिशतले घटेको छ ।
Advertisment