Below Menu
Below Menu

राष्ट्र बैंकले एक अर्ब १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने 

राष्ट्र बैंकले एक अर्ब १५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै कोषको एक अर्ब १५ करोड रुपैयाँ रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो ।

बैंकले कोषको उक्त रकम भदौ ३ गतेदेखि २०८१ भदौ ३ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्रैमासिक रुपमा भुक्तानी हुने गरी लगानी गर्न लागेको सूचनामा उल्लेख छ । 
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ९२ करोड, ‘ख’ वर्गका विकास बैंकमा १७ करोड २५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको हो ।

बैंकका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ । यसका साथै तोकिएको न्युनतम पुँजीकोष अनुपात कायम रहेको हुनुपर्नेछ ।

त्यस्तै, निष्क्रिय कर्जा कसल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हनुपर्ने, सिडि रेसियो अनुपात बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको हनुपर्नेछ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी साउन १६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।
 

Advertisment

थप समाचार