Below Menu
Below Menu

१० कित्ते नीति लागू गर्दा लगानीकर्ता फसे: अध्यक्ष हमाल

१० कित्ते नीति लागू गर्दा लगानीकर्ता फसे: अध्यक्ष हमाल

काठमाडौं : सेयर बजार सम्बन्धी जानकारी नै नभएका व्यक्ति दोस्रो बजारमा छिर्दा अन्य लगानीकर्ताहरू फस्ने काम भएको नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले बताएका छन् । ब्रोकर कम्पनीले बजारलाई प्रतिस्पर्धी बनाएर लगानीकर्तालाई सुसूचित बनाउने काम गर्नु पर्ने बताए ।

बुधबार धितोपत्र ब्रोकर एसोसिएशन नेपालले आयोजना गरेको नयाँ कम्पनीहरुको स्वागत कार्यक्रममा बोल्दै हमालले भने, ‘सर्वसाधारणलाई जारी गरिने सेयरमा १० कित्ते नीति लागू गर्दा लगानीकर्ता फस्ने काम भएको छ। कम्पनीको अवस्था नहेरी आईपीओ भर्दा जस्तो कम्पनीको पनि सेयरमा ओभर सब्स्क्राइव हुन थाल्यो । यसैका कारण बजार भोलाटाईल हुन थाल्यो ।’

नेपालको वित्तीय प्रणाली अब नन कोल्याटर बेस कर्जामा नगएसम्म देशको विकास सम्भव नहुने समेत हमालले बताए । पुरानो वित्तीय प्रणालीकै कारण देशले आर्थिक विकासमा फड्को मार्न नसकेको समेत उनको दाबी थियो । एसएमई प्लेटफर्म लागू भएमा नेपालको अर्थतन्त्र ५ वर्षमै ३ गुणाले बढ्ने बताए । कार्यक्रममा नयाँ कम्पनीहरुलाई स्वागत गर्दै उनले स्वस्थ प्रतिश्पर्धि कारोबारमा जोड दिन आग्रह गरे ।

Advertisment

थप समाचार