Below Menu
Below Menu

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार  

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकममा पनि सुधार  

काठमाडौं : साताको चाै‌थौं कारोबार दिन बुधबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज ४१.०६ अंकले बढेर २०६०.९१ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से २८.४० अंकले घटेर २०१९.८५ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २०० कम्पनीको शेयरमूल्य बढेको छ । भने १८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज बजारमा एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एक अर्ब ७३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज आईएमई लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । 

सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा हिमालयन लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य सर्किट लेभलमा पुगेको हो । आज सेन्चुरी डिबेञ्चरको शेयरमूल्य ९ प्रतिशतले घटेको छ ।
 

Advertisment

थप समाचार