Below Menu
Below Menu

अरुण काबेली पावरको शतप्रतिशत हकप्रद भदौ ८ गतेदेखि बिक्रीमा 

अरुण काबेली पावरको शतप्रतिशत हकप्रद भदौ ८ गतेदेखि बिक्रीमा 

काठमाडौं : अरुण काबेली पावर कम्पनी लिमिटेडले भदौ ८ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

जस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकति दरमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ बराबरको १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। उक्त हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले असार २५ गते बुकक्लोज गरेको थियो। जस अनुसार असार २४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले जारी गर्न लागेको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयर भदौ २८ गतेसम्म आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

Advertisment

थप समाचार