Below Menu
Below Menu

इम्पेरिमेन्ट चार्ज घट्दा किसान लघुवित्तको नाफा बढ्यो

इम्पेरिमेन्ट चार्ज घट्दा किसान लघुवित्तको नाफा बढ्यो

काठमाडौं : किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार लघुवित्तले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

उक्त नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १११०.६६ प्रतिशत अर्थात एक करोड २५ लाख रुपैयाँले बढी हो । जबकी अघिल्लो आवको सोही अवधिमा कम्पनीले ११ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । 

समिक्षा अवधिमा कम्पनीको इम्पेरिमेन्ट चार्ज घटेका कारण नाफा नाफा बढेको छ । गत असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २९.०३ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी २०.९७ प्रतिशतले घटेको छ ।

उक्त विवरण अनुसार गत चौथो त्रैमासम्म कम्पनीको इम्पेरिमेन्ट चार्ज घटेर २ करोड ४७ लाखमा झरेको छ । अघिल्लो आवमा यस्तो चार्ज १२ करोड २० लाख रुपैयाँ रहेको थियो । 

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेर २ रुपैयाँ ७० पैसा पुगेको छ। यस अवधिमा कम्पनीको सञ्चालन नाफा भने १४२ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म संस्थाको खराब कर्जा ४.८८ प्रतिशतबाट बढेर ५.९५ प्रतिशत पुगेको छ। 

Advertisment

थप समाचार