Below Menu
Below Menu

लक्ष्मी म्युचुअल फण्डका दुई योजनाले तोके बुक क्लोजको मिति 

लक्ष्मी म्युचुअल फण्डका दुई योजनाले तोके बुक क्लोजको मिति 

काठमाडौ : लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले बुक क्लोजको मिति तय गरेको छ । यी दसर्य योजनालाई प्रतिफल वितरण प्रयोजनका लागि  साउन ३२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएका छन्। जस अनुसार साउन ३१ गतेसम्म नेप्सेमा कायम इकाईधनीहरुले मात्रै  फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।

लक्ष्मी इक्विटी फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई कर सहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषण गरेको छ ।

त्यस्तै, लक्ष्मी उन्नती कोषले करसहित ९.५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ भने भने कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ।

Advertisment

थप समाचार