काठमाडौं : रिलायबल नेपाल लाइफ इन्सोरेन्सको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।
इन्सोरेन्सले साउन २३ गतेदेखि अंकित मूल्यमा प्रतिकित्ता १५७ रुपैयाँ प्रिमियम थपेर २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता सेयर निष्कासन गरेको थियो। आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार ४०० कित्तासम्म आवेदन दिन सकिने छ। कम्पनीले सर्वसाधारणका लागि ९६ लाख कित्ता सेयर निष्कासन गरेको हो ।
कम्पनीले १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली, ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।
आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर मार्फत आवेदन दिन सकिने छ । सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ।
Advertisment