काठमाडौं : गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त व्त्तिीय विवरण अनुसार कम्पनीले यस अवधिमा २५ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत असार २२ गतेदेखि कारोबार थालेको यस कम्पनीले असार मसान्तसम्म सो बराबरको खुद नाफा आर्जन गरेको हो ।
समिक्षा अवधिमा कम्पनीले ९१ हजार खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले असार मसान्तसम्म १२७ वटा बीमालेख बिक्री गरी १ लाख ४१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २२ लाख ८१ हजार रुपैयाँ रहेको छ । त्यस्तै, महा विपत्ति जगेडा कोषमा २ लाख ५३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
उक्त वित्तीय विवरण अनुसार यस अवधिसम्ममा व्यवस्थापन खर्चमा कम्पनीले १ करोड ३६ लाख ९ हजार रुपैयाँ खर्चिएको छ भने कर्मचारी बोनस व्यवस्था वापत २ लाख ५३ हजार छुट्याइएको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालको पहिलो लघु जीवन बीमा कम्पनी हो । कम्पनीको केन्द्रीय कार्यालय कोशी प्रदेशको विराटनगर ७ मोरङमा रहेको छ ।
Advertisment