Below Menu
Below Menu

आठ म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

आठ म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं : चालु आर्थिक वर्षको शुरुवात सँगै विभिन्न कम्पनीहरुको लाभांश वितरण गर्ने सिजन शुरु भएको छ । हालसम्म विभिन्न आठ म्युचुअल फण्डले इकाईधनीहरुका लागि प्रतिफल दिने घोषणा गरिसकेका छन् । उक्त कम्पनीहरुले गत आवको नाफाबाट इकाईधनीहरुलाई लाभांश दिने घोषणा गरेका हुन् । 

लाभांश घोषणा गर्ने कम्पनीहरुमा एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया डाइनामिक डेप्ट, कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना, लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्ड, एनआईबिएल सहभागिता फण्ड र सनराइज फर्स्र्ट म्युचुअल फण्ड रहेका छन् । 

एनआईसी एशिया क्यापिटल

एनआईसी एशिया क्यापिटल क्यापिटलले ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४६ प्रतिशत (कर सहित) का दरले ९ करोड २० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

एनआईसी एशिया डाइनामिक डेप्ट 

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले ईकाइधनीहरुलाई १० प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को लागि खुलामुखी योजना “एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड” का इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रतिफल साउन १९ गतेसम्म कायम भएका इकाईधनीहरुलाई वितरण गर्ने गरि इकाईधनी दर्ता किताब बन्द गरिएको छ ।

कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजना

कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेका छन् । कुमारी क्यापिटलका कुमारी इक्विटी फण्ड र कुमारी धनवृद्धि योजनाले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेका हुन् ।

क्यापिटलको बिहिबार बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। कुमारी इक्विटी फण्डले इकाईधनीहरुलाई कर सहित १० प्रतिशत र कुमारी धनवृद्धि योजनाले कर सहित ६ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । उक्त  योजनाहरुको कोष प्रवद्र्धक कुमारी बैंक लिमिटेड रहेको छ । 

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्ड

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डले लाभांश घोषणा गरेका छन् । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट इकाईधनीहरुलाई लाभांश दिने घोषणा गरेका हुन् । 

कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ९.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्विटी फन्डका  इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ ।

एनआईबिएल सहभागिता फण्ड

एनआईबिएल सहभागिता फण्डले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैंठकले गत आव २०७९/८० को नाफाबाट योजनाका इकाईहरुलाई करसहित ४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

सो प्रयोजनका लागि योजना व्यवस्थापकको सञ्चालक समितिको बैंठक अनुसार बिहिबार नै इकाईधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । जस अनुसार बिहिबारसम्म कायम भएका इकाईधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।

सनराइज फर्स्ट म्युचुअल फण्ड 

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ। फण्डले कर सहित १८ प्रतिशतका दरले हुन आउने १३ करोड ७६ लाख रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने घोषणा गरेको हो । यस योजनाको कोष प्रबर्द्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ ।

Advertisment

थप समाचार