काठमाडौं : मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गर्ने भएकाे छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ बाँडफाँट गरेपश्चात आज सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले सर्वसाधारणका लागि २२ लाख ७६ हजार ६२० कित्ता शेयर निष्काशन गर्नेेछ । स्थानिय बासिन्दाका लागि निष्काशन गरिएको शेयरमा पूर्ण आवेदन नपरेपछि थप बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित उक्त शेयर जारी गर्न लागेकाे हाे ।
कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँ रहेकाे छ । कम्पनीले प्रबर्धन गरिरहेको ५ मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ११.५८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि २७.७८ वर्ष रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २७ वर्ष १ महिना बाँकी रहेको छ।
Advertisment