Below Menu
Below Menu

नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति ? 

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथौ त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको नाफा बढेको छ। अघिल्लो आवमा ३५ करोड २७ लाख रूपैयाँ घाटामा रहेको कम्पनीले गत आवमा ६७ करोड ४४ लाख रूपैयाँ नाफा कमाएको छ ।

उक्त विवरण अनुसार कम्पनीको नाफा बढेसँगै बीमाशुल्कमा पनि वृद्धि भएको छ। समिक्षा अवधिमा कम्पनीले ३६ अर्ब ६२ करोड ८० लाख रूपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३४ अर्ब ९८ करोड ८२ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म कम्पनीको नाफासंगै प्रतिशेयर आम्दानी पनि बढाएर ८ रूपैयाँ २२ पैसा पुर्‍याएको छ। प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रहेको छ भने जगेडा कोषमा ६४ करोड ९७ लाख रूपैयाँ रहेको छ।
 

Advertisment

थप समाचार