Below Menu
Below Menu

चिरख्वा हाइड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

चिरख्वा हाइड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं : चिरख्वा हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर (आईपीओ) बिक्रीमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी ४० करोड १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ प्रति शेयर एक सय रुपैयाँ अंकित मुल्यमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

यसका साथै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सर्वसाधारणलाई छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता आईपीओ १०० रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याएको छ ।

कम्पनीको उक्त शेयरमा भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्युनतम १० कित्ता देखि अधिकतम ५ हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ गते हुनेछ भने ढिलोमा भदौ २५ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ १० गतेभित्र आवेदन दिनु पर्नेछ ।

आईपीओ खरिदका लागि स्थानिय बासिन्दाले आयोजना स्थल, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै बिक्री प्रबन्धकको वेभसाइटमा गई रितपूर्वक विवरण भरी पनि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
 

Advertisment

थप समाचार