काठमाडौं : घोराही सिमेन्ट इन्डष्ट्रिजको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार कारोबारमा आएको पहिलो दिन मै कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि कारोबारमा आएको कम्पनीको शेयर ५६५.५ रुपैयाँमा खुलेको थियो । तर बजारमा बिक्री चाप बढ्दा कम्पनीको शेयरमूल्य ९ प्रशितत भन्दा बढीले घटेर ५१४ रुपैयाँसम्म कारोबार भएको छ।
यो समाचार तयार पार्दा सम्म कम्पनीको ११ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कारोबार खुलेको एक घण्टामानै कम्पनीको शेयरमूल्यमा गिरावट आएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँमा आइपीओ जारी गरेको थियो।
Advertisment