सरकारका लागि खर्च जोहो गर्दै राष्ट्र बैंक, सोमबार २४ अर्बको ट्रेजरी बिल जारी हुने 

सरकारका लागि खर्च जोहो गर्दै राष्ट्र बैंक, सोमबार २४ अर्बको ट्रेजरी बिल जारी हुने 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २४अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

बैंकले १० अर्ब रुपैयाँ बराबरको २८ दिने, ८ अर्ब रुपैयाँ बराबरको ९१ दिने र ६ अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्रेजरी बिल जारी गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी भदौ २६ गते, ९१ दिन अवधिको ट्रेजरी कात्तिक २८ गते र १८२ दिन अवधिको ट्रेजरी फागुन १ गते परिपक्क हुने छ । राष्ट्र बैकले नविकरण गर्न लागेको उक्त ट्रेजरी बिलको बोलकबोल सोमबार दिँउसो ३ बजे हुनेछ भने मंगलबार वितरण हुने छ । 
 
यस अघि बैंकले नविकरण र नायँ गरी २६ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । जसमा ५ अर्ब रुपैयाँ बराबरको २८ दिने, १२ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने, ७ अर्ब रुपैयाँ बराबरको र २ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल जारी गरेको थियो । 

थप समाचार